Logo
Logo

बीपी राजमार्गमा आजदेखि ठूला गाडी पनि चल्ने


819
Shares

काठमाडौं । बीपी राजमार्गमा आजदेखि ठूला गाडी पनि चल्ने भएका छन् । वर्षासँगै पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएको थियो । तर, सोमबार बेलुकादेखि ठूला सवारीसाधन पनि चलाउन लागिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

ठुला सवारीसाधन पास हुन अवरोध हुँदै आएको चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने डिभिजनले एक विज्ञप्ति जारी गर्दै जनाएको हो ।

सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेकाले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न ो भन्दै डिभिजनले अनुरोध गरेको छ । १२ गतेको वर्षाका कारण यो राजमार्ग अवरुद्ध थियो ।

प्रतिक्रिया दिनुहोस्