Logo
Logo

कीर्तिमानी आरोही दावा याङजुमसहित नौं जनालाई पञ्चेबाजासहित सम्मान


189
Shares

काठमाडौं । कीर्तिमानी आरोहीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबासहित भव्य स्वागत गरिएको छ ।उनीहरू सोमबार विमानस्थल आइपुग्दा भव्य स्वागत गरिएको हो ।

आरोही निमा रिन्जी शेर्पाले १८ वर्षको उमेरमै ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको सफल आरोहण गरेर रेकर्ड राखेका हुन् । ८ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमाल आरोहण गरेसँगै निमाले यो उपलब्धि आफ्नो नाममा गरेका हुन् ।

चीनमा रहेको शिशपाङ्मा हिमाल विश्वकै १४औँ अग्लो हिमाल हो । उक्त हिमालको सफल आरोहणसँगै उनी विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने सबै भन्दा कान्छो आरोही बनेका हुन् । अहिलेसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने सबै भन्दा कान्छो आरोहीको नाम मिङ्मा ग्याबु (डेभिड) शेर्पाको नाममा रहेको छ । उनले ३० वर्षको उमेरमा यो उपलब्धि हासिल गरेका थिए । निमाले उक्त रेकर्ड तोडेका हुन्।

त्यस्तै दावा याङ्जुम शेर्पाले विश्वका ८ हजार मिटर अग्ला १४ वटै हिमालको सफल आरोहण गर्ने नेपाली महिलाको रेकर्ड राखेकी छन् । त्यस्तै मिङ्मा ग्याल्जे शेर्पाले सप्लिमेन्ट अक्सिजन बिना ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने रेकर्ड राखेका छन् । त्यस्तै निर्मल पुर्जाले पनि रेकर्ड राखेका छन् ।

तेजान गुरुङ भने गुरुङ समुदायबाट ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने रेकर्ड राख्न सफल भए । त्यस्तै पासाङ टेन्डी शेर्पा, दावा ग्याल्जे शेर्पा, पाशाङ नुर्बु शेर्पा र मिङ्तेम्बा शेर्पाले पनि ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको सफल आरोहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्