Logo
Logo

वुमन्स टी-२० : समूह चरणबाटै बाहिरिए भारत र पाकिस्तान


378
Shares

काठमाडौं । युएईमा जारी वुमन्स टी–२० विश्वकपको समूह चरणबाट भारत र पाकिस्तान बाहिरिएका छन् । समूह ‘ए’को अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेसँगै पाकिस्तान र भारत विश्वकपबाट बाहिरिएका हुन् ।

समूह ‘ए’ बाट अष्ट्रेलिया ४ खेलमा ४ जित र न्युजिल्यान्ड ३ खेलमा जित र एक खेलमा हारसहित सेमिफाइनलमा प्रवेश गरेका हुन् । उक्त समूहबाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिए ।

भारत २ हार, पाकिस्तान ३ हार र श्रीलंका जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । भारतले अष्ट्रेलिया र न्युजिल्यान्डसँग हार बेहोर्दा पाकिस्तानले भने श्रीलंकामाथि मात्र जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्