Logo
Logo

दक्षिणी लेबनानबाट शान्ति सेना नहटाउने राष्ट्रसंघको अडान


567
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानबाट शान्ति रक्षक सैनिक नहटाउने बताएको छ ।

यूएन पिसकिपिङ अपरेशन्सका प्रमुख न्या पियरे लेक्रोइक्सले न्यूयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनिफिल)ले आफ्नो सैनिक नहटाउने बताएका हुन् । यो निर्णयप्रति राष्ट्रसंघ सुरक्षा परिषद् र मिसनमा आर्थिक सहयोग गर्ने देशहरुको समर्थन रहेको उनले बताए ।

जबकी इजयरालले शान्ति रक्षक सैनिक हटाउन राष्ट्रसंघलाई आग्रह गर्दै आएको छ । राष्ट्रसंघ, सीमा क्षेत्रमा सुरुङ बनाउन र रकेट तथा मिसाइल जस्ता हतियार राख्ने काममा हिन्बुल्लाहलाई रोक्न असफल भएको इजरायलको आरोप छ ।

आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सैनिक हटाउन कडा चेतावनी दिएका थिए भने सोमबार आधार शिविरमा जबरजस्ती प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्