Logo
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीकाे पनि बढ्यो


567
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज बुधबार १३ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

अघिल्लो कारोबार दिन मंगलबार १४ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६० हजार ५०० सयमा कारोबार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ । यसदिन चाँदी प्रतितोला १९५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी १९२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्