Logo
Logo

प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी


819
Shares

काठमाडौं । सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निरौलाविरुद्ध निर्धारित समयमा दुईवटा उजुरी परेको हो ।

यही असोज १५ गते सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसमा निरौलाविरुद्धमात्रै उजुरी परेको हो ।

एउटा उजुरी इमेलमार्फत र अर्को भौत्तिक उपस्थितमा उजुरी आएको स्रोतको भनाइ छ । निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित उजुरी छ छ अर्को नियुक्ति प्रक्रियासँग सम्बन्धित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्