Logo
Logo

संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको माग


1.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।

विपतको पूर्व तयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको रास्वपाको ठहर छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति जारी गर्दै मुद्दा खेपिरहेका व्यापारीबाट करौडौंको जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेको बताएका हुन् ।

आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीहरुमा निराशा रहेको भन्दै वक्तव्यमा भनिएको छ, आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाईको सरकार काम चलाउ जस्तो देखिन्छ । सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरु समेत सत्ता पक्षीय बहुमतको बन्धक भएका छन् ।’

यस्तो बेला जनप्रतिनिधि मौन बस्न नमिल्ने भन्दै रास्वपाले संसदको विशेष अधिवेशनका लागि दलहरुलाई अपील गरेको छ ।

प्रतिनिधिसभा नियमावली अनुसार कुल सदस्य (२७५) को एक चौथाई (६९) ले राष्ट्रपति समक्ष विशेष अधिवेशन आह्वानका लागि आवेदन दिनसक्छन् । संसदको दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारमा लोसपा र नाउपा सरकारमै छ भने जनमतको समर्थन छ ।

विशेष अधिवेशन आह्वानका लागि आवेदन दिन समेत विपक्षमा रहेका सबै दल माओवादी (३२), रास्वपा (२१), राप्रपा (१४) र एकीकृत समाजवादी (१०) मिल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्