Logo
Logo

सरकार परिवर्तनको हल्ला निराधार: प्रधानमन्त्री


945
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन् ।

६९औं प्रहरी दिवसका अवसरमा आज (बुधबार) प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले दसैंपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने दावी गरे ।

ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिलेको बनेको दुई तिहाइको सरकार खरानीको डल्लो नभएको उनले बताए । प्रधानमन्त्री ओलीले देशलाई परिवर्तन गर्नका लागि ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे ।

‘कुनै प्रकारका भ्रमहरूमा नपर्न म आग्रह गर्न चाहन्छु । अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा पनि सुनिन्छ । दसैँपछि तुरुन्तै परिवर्तन हुन्छ भन्ने पनि सुनिए,’ उनले भने, ‘०८४ सालको दसैंपछिको चुनावमा ?’

आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आगामी आम निर्वाचन कांग्रेस सभापति देउवाको नेतृत्वमा हुने समेत बताए । उनले अहिलको संविधान र अहिलको प्रणालीको रक्षा गर्दै जनताको अधिकारलाई सुदृढ बनाइने जिकिर गरे ।

उनले प्रहरीसम्बन्धी कानुन छिट्टै पारित गर्ने र प्रहरीमा नयाँ दिनको उदय हुने धारणा राखे । त्यस्तै गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी नयाँ कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याइने बताए । उनले सुरक्षा संगठनहरूलाई थप सशक्त बनाउन सरकारले गर्न सक्ने सबै उपायहरू अवलम्बन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्