Logo
Logo
सिधा कुरा प्रकरण

राजकुमार तिमल्सिनाले धम्की दिएको भन्दै सर्वोच्चका सहप्रवक्ताले मागे सुरक्षा


630
Shares

काठमाडौं । सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षाका लागि सरकार आग्रह गरेका छन् ।

पछिल्लो समय अदालतको अवहेलनामा दोषी ठहर भएका राजकुमार तिमल्सिनाले लगातार अज्ञात नम्बरबाट फोन गरेर धम्की दिएको भन्दै घिमिरेले आफ्नो सुरक्षाको माग गरेका हुन् ।

पछिल्लोपल्ट सिधाकुरा प्रकरणमा विवादित अडिओलाई लिएर अदालतको अवहेलना मुद्दा अघि बढाउने प्रयोजनका लागि घिमिरेले प्रतिवेदन तयार पारेका थिए ।

सोही विषयलाई लिएर तिमल्सिनाले आफुलाई भारतीय नम्बरबाट फोन गरेर बेला बेला धम्की दिएको भन्दै घिमिरेले सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राजकुमार तिमल्सिनाले उपलब्ध गराएको अडिओमा आधारित सामग्री प्रकाशन र प्रसारण गरेवापत सिधाकुरा डट कमका दुई पत्रकार एक साता कैद बसिसकेका छन् । उनीहरुलाई ३ महिनाको कैद सजाय सुनाइएको भए पनि माफी मागेका कारण एक सातामै रिहा भएका हुन् ।

सोही मुद्दामा सर्वोच्चको ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले तिमल्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । उनलाई माफी माग्ने अवसर पनि दिइएको छैन । रकम तिरेर कैदबाहिर बस्ने सुविधा पनि उनले नपाउने गरी सर्वोच्चले असोज १३ गते फैसला सुनाएको छ । उनी हाल फरार छन् ।

प्रतिक्रिया दिनुहोस्