Logo
Logo

एकल गायनमा प्रस्तुत हुँदै धिरज राई


1.1k
Shares

काठमाडौं । प्रसिद्ध पप गायक धिरज राईले यही शनिबार (कातिक ३ गते) काठमाडौंको जमालस्थित राष्ट्रिय नाचघरमा एकल प्रस्तुति दिँदैछन् ।

आफ्नो मर्मस्पर्शी स्वर र दमदार प्रस्तुतिका लागि परिचित गायक राईले आफ्नो संगीतको माध्यमबाट नेपालको समृद्ध सांस्कृतिक सम्पदाको सन्देश फैलाउँदै ‘बुद्ध वाज बोर्न इन नेपाल’ अभियानलाई प्रवर्द्धन गर्दै विश्वभर भ्रमण गरिरहेका छन् ।

यसैक्रममा यसपटक उनले राजधानीमा आफ्ना फ्यानहरूका लागि सांगीतिक प्रस्तुती पस्कन लागेका हुन् । काराओके इन्टरटेनमेन्टले धिरजलाई एकल प्रस्तुतीमा उर्तान लागेको हो ।

काराओकेले फेसन शो, मोडलिङ प्रतियोगिता र सौन्दर्य प्रतियोगिता लगायतका सामाजिक र मनोरञ्जन कार्यक्रमहरू गर्दै आएको छ । यसैक्रममा काराओेकेले यस पटक धिरज राईलाई एकल कन्सर्टमा उतार्ने भएको हो ।

यस कार्यक्रमले धिरजलाई पुनः एक पटक दर्शक तथा श्रोतामाझ पुर्नताजकी गराउने अपेक्षा गरिएको छ । झण्डै दशकपछि धिरज एकल गायनमा प्रस्तुत हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्