Logo
Logo

आज सुनको मूल्यमा नयाँ रेकर्ड


630
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार चारसय रुपैयाँ कायम भएको छ । यो अलिहेसम्मकै सर्वाधिक महँगो मूल्य हो ।

यसअघि हिजो (बुधबार) सुन प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको थियो । हिजोको मूल्यमा थप ६ सय रुपैयाँ बढेर आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

चाँदीको मूल्य भने आज बढेको छैन । आज पनि चाँदी हिजोकै मूल्य १ हजार ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्