Logo
Logo

रास्वपा अनुशासन आयोगका उपप्रमुख यज्ञमणिले दिए पदबाट राजीनामा


1.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

उनले पार्टीमा सक्रिय राजनीति गर्न भन्दै दसैंअघि नै राजीनामा लिएका हुन् । उनको राजीनामा त्यतिबेलै स्वीकृत गरिएको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीको विधानअनुसार अनुशासन आयोगमा हुने व्यक्तिले सक्रिय राजनीति गर्न मिल्दैन । कानुन व्यवसायी समेत रहेका न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्