Logo
Logo

गोकर्णमा एक पुरुष मृत भेटिए


567
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपाल चाेकस्थित प्रतीक्षालयमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५० वर्षीय पुरुष आज बिहान मृत भेटिएका हुन् । प्रहरीका अनुसार मृतकको नाम, थर र वतन खुलेको छैन ।

प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्