Logo
Logo

कानुनमन्त्रीको दाबी- सरकारको सय दिन सफल भयो


252
Shares

पर्सा । कानुन न्याय तथा सङ्घीय मामिलामन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगन्जमा दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् ।

उनले भने, ‘प्रमुख दुई दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमालेसहित अन्य दलहरुबीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ ।’

साथै उनले स्थानीय तहलाई बलियो बनाउन सङ्घीय सरकारले सहयोग गर्ने आश्वासन दिए । सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी संसद्को हिउँदे अधिवेशनमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरु पारित हुने बताए । उनले भने, ‘आगामी संसदको हिउँदे अधिवेशनमा शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी विधेयक पनि पारित हुन्छन्।’

प्रतिक्रिया दिनुहोस्