Logo
Logo

विपक्षीको बैठक प्रचण्डको ब्रिफिङ- रवि लामिछाने पक्राउ पर्न सक्नछन्


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्नसक्ने संकेत गरेका छन् । आज (शुक्रबार) बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरुको बैठकमा प्रचण्डले एक दुई दिनमै रवि पक्राउ पर्न सक्ने बताएका हुन् ।

समसामयिक विषयमा छलफल गर्न भन्दै प्रतिपक्षी दलका नेता समेत रहेका अध्यक्ष प्रचण्डले आज विपक्षी दलहरूको बैठक बोलाएका थिए । सोही बैठकमा उनले रवि एक दुई दिनमै पक्राउ पर्नसक्ने आफुलाई सूचना आएको ब्रिफिङ गरेको एक नेताले जानकारी दिए ।

टीआरसीबारे छलफल गर्न हिजो बिहीबार बालुवाटारमा प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकमा पनि रविवारे छलफलका भएको थियो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरु सुन्दा सरकार अगाडि बढ्न खोजेको देखिएको प्रचण्डले आजको बैठकमा सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्