Logo
Logo

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोप गेष्ट हाउसका सञ्चालक पक्राउ


882
Shares

काठमाडौं । बालिकालाई जबरजस्त वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसका मालिकलाई प्रहरीले पक्राउ परेको छ ।

बसपार्कस्थित निमा गेस्ट हाउसका सञ्चालक सुजन तामाङलाई प्रहरीको अपराध अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । २९ वर्षीय तामाङविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसयता उनी फरार थिए ।

गेस्ट हाउस सरसफाइको काममा राखिएकी बालिकालाई वेश्यावृत्तिमा लगाएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार तामाङले ती बालिकासँग शारीरिक सम्बन्ध राख्ने एकजना ग्राहकबाट २ हजारदेखि ६ हजारसम्म लिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्