Logo
Logo

धरानमा ५९ हजार नगदसहित १० जना जुवाडे पक्राउ


756
Shares

सुनसरी । धरानमा जुवा खेलिरहेको अवस्थामा दशजना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरान पमहानगरपालिका–१ स्थित मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाज जबेगुले बताए ।

डीएसपी जबेगुका अनुसार ढकालको घरमा दैनिक जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवश कुँवर नेतृत्वको प्रहरी टोली परिचालन गरी उनीहरूलाई पक्राउ गरिएको हो । दुईजना भने फरार रहेका छन् ।

जुवाडेको साथबाट ५९ हजार ६ सय ८० रुपैयाँ नगद र तास बरामद गरिएको डिएसपी जबेगुले बताए । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्