Logo
Logo

बाढी-पहिरोको बिमा दाबी : कुन कम्पनीले कति बुझाए भुक्तानी ?


315
Shares

काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म अविरल वर्षले भएको क्षतिको बीमा दाबीमा सबैभन्दा धेरै भुक्तानी शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । भुक्तानी भएका ९७ वटा बीमा दाबीमध्ये ८९ वटा भुक्तानी शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ ।

जुन कुल भुक्तानीको ९१.७५ प्रतिशत हो । क्षतिवापत भएको कुल बीमा दावी भुक्तानी १७ करोड २८ लाख रहेको छ, त्यसमा शिखर इन्स्योरेन्सले १७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

देशभर आएको बाढी पहिरोलगायत प्रकोपमा भएको १८ वटा बीमा कम्पनीमा ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँको दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । बीमा दाबीमध्ये सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको रहेको छ । कुल ९ अर्बको दाबीमा १ अर्ब ९५ करोड २९ लाख सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको मात्रै रहेको छ ।

त्यस्तै, दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा दोस्रो बढी बीमा दाबी गरिएको छ । दी ओरिएन्टलमा १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ बराबरको क्षतिको बीमा दाबी परेको छ । कम्पनीमा १७० वटा दाबी परेको छ ।

तेस्रो बढी बीमा दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्सको रहेको छ । एभेरेष्ट इन्स्योरेन्सको १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बीमा दाबी माग भएको हो । हिमालयन एभरेष्टमो २ सय २२ वटा दाबीमा परेको छ । शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा दाबीहरुको सुचिमा पाँचौ स्थानमा रहेको छ ।

यस्तै, नेकोले ४ वटा दाबीमा ६६ हजार १३८ रुपैयाँ भुक्तानी गरेको छ । नेको इन्स्योरेन्समा २६३ दाबी भुक्तानीका लागि ९६ करोड ८५ लाख ९ हजार रुपैयाँ दावी भुक्तानी माग भएको छ ।

आइजिआई प्रभु डेन्सियल इस्योरेन्स कम्पनी लिमिटेडमा २ सय ७३ वटा दाबीबाट ३१ करोड ५३ लाख माग भएकोमा १ वटाको सल्टाएर ३८ हजार ८ सय रुपैयाँ मात्रै भुक्तानी भएको छ । सानिमा जिआईसीको १ सय ८९ वटा दाबीबाट १७ करोड ७६ लाख माग भएकोमा १ वटाको सल्टाएर २ लाख १६ हजार भुक्तानी भएको छ ।

त्यस्तै गरि प्रभु इन्स्योरेन्स कम्पनीको २ सय १८ वटा दावी भई १० करोड २५ लाख रुपैयाँ माग भएकोमा एउटा सल्टाई ११ हजार ६ सय रुपैयाँ मात्रै भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्