Logo
Logo

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेस्टहाउस सञ्चालक पक्राउ


693
Shares

काठमाडौं । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेस्टहाउस सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको टोखा नगरपालिका २६ नयाँ बसपार्कमा सञ्चालित निमा गेस्टहाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय सुजन तामाङ रहेका छन् ।

सरसफाइको काममा लगाइदिने भन्दै बालिकालाई वेश्यावृत्तिमा लगाएको उजुरी परेपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार तामाङलाई पक्राउ गरेको हो ।

बालिकालाई वेश्यावृत्तिमा लगाएर ग्राहकबाट दुई घण्टामा ३ हजारसम्म र रातभरमा ६ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दाबी छ । पीडित बालिकालाई एक महिनासम्म गेष्टहाउसबाट बाहिर जान समेत नदिएको र जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य बनाएको उजुरी परेको ब्यूरोले जनाएको छ ।

पीडित बालिकाले काम गरेबापतको पारिश्रमिक माग्दा समेत अभियुक्तले गालिगलौज तथा कुटपिट गरी यातना दिएको ब्यूरोका सूचना अधिकारी एसपी गौतम मिश्रले बताए । उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्