Logo
Logo

रास्वपाका नेताहरु पार्टी कार्यालयमा


6.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पदाधिकारीहरु र काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् ।

एक नेताका अनुसार पार्टी सभापति रवि लामिछानेसहित, केन्द्रीय सदस्यहरु कार्यालयमा जम्मा भएका छन् । सभापति लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने रास्वपका एक नेताले जानकारी दिए ।

प्रहरी पक्राउ गर्न आए प्रतिवाद गर्ने पार्टीको तयारी नरहेको जनाएको छ । कानुन सबैले मान्नुपर्नेमा हामी सचेत छौं,’ एक नेताले भने । नेताहरु सभापति लामिछानेको कार्यकक्षमा रहेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्