Logo
Logo

सन नेपाल लाइफ इन्स्योरेन्सलाई आईएसओ प्रमाणपत्र


189
Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अम्टिभो लिमिटेड बेलायतबाट आइएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यो मानकले सूचना सुरक्षण व्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सूचनाको सुरक्षा प्रणालीको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको पुष्टि गर्ने कम्पनीको दावी छ ।

साथै यस अन्तर्राष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासको पालना गरेको छ भन्ने कुरा स्पष्ट पारेको बताइएको छ । कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तर्राष्ट्रिय मापदण्डको आधारमा आइएसओ/आईईसी सम्परीक्षण गरेको हो ।

नेपालको बीमा व्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम सम्परीक्षण गरी आइएसओ/आईईसीको प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी रहेको बताइएको छ । यसबाट कम्पनीले हरेक प्रक्रियामा रहेका जोखिम र त्यसको अल्पकालीन तथा दीर्घकालीन प्रभाव यकिन गर्नुका साथै त्यसको नियन्त्रणका लागि जोखिम न्यूनिकरणको रणनीति तयार गर्ने कम्पनीको भनाइ छ ।

आइएसओ/आईईसीको मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणबाट कम्पनीको सूचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रुपमा यसको पालना र अभ्यासबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने विश्वास लिएको कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्