Logo
Logo

रवि पक्राउ पर्दा ओली र सभापति देउवाविरुद्ध नाराबाजी


756
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापतिविरुद्ध चर्को नाराबाजी लागेको छ।

पार्टी कार्यालयबाट लामिछाने निस्किने वित्तीकै नाराबाजी सुरु भएको थियो। लामिछानेले केही मिनेट सम्बोधन गरेपछि भने थप नाराबाजी चर्किएको थियो।

उनका समर्थकले प्रधानमन्त्री ओली र सभापति देउवाविरुद्ध र लामिछानेका पक्षमा नाराबाजी लगाएका थिए। लामिछानेले सम्बोधन गरेलगत्तै उनलाई सिआइबीको टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्