Logo
Logo

कुशलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य


567
Shares

काठमाडौं । टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टिम अमेरिकासमक्ष १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । डालासस्थित ग्रान्ड प्रेरी मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले आक्रामक खेले । ५४ बलको सामना गरेका उनले ६ छक्का ७ चौकाको मद्दतमा अविजित ९२ रन बनाए । टी–२० आईमा कुशलको यो नवौँ अर्धशतकीय खेल हो ।

यस्तै, दोस्रो खेलमा अनिलकुमार साहले २५, गुलशनकुमार झाले १९ र कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे । करण केसीले एक बलमा अविजित ६ रन बनाए । उनले अन्तिम बलमा छक्का हिर्काउँदै उत्कृष्ट फिनिसिङ गरे ।

अमेरिकाका लागि नोस्तुश केन्जिगे र जसदीप सिंहले दुई/दुई तथा सौरभ नेत्रावल्करले एक विकेट लिए । सिरिजमा नेपाल १–० ले अघि छ । पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो ।

नेपाल आजको खेलमा पनि अमेरिकालाई हराउँदै एक खेलअगावै सिरिज जित्ने योजनामा छ । पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्