Logo
Logo

निषेधित क्षेत्र तोड्दै रास्वपाको प्रदर्शन


945
Shares

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदर्शन गरेको छ । प्रशासनले कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले आइतबार निषेधित क्षेत्र तोकेको छ ।

तर, निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेल भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् । निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

शुक्रबार काठमाडौंमा पक्राउ गरिएका रास्वपा सभापति लामिछानेलाई आज जिल्ला अदालतमा पेश गरिँदैछ । लामिछानेलाई अदालतमा पेश गर्नुअघि पोखरामा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्