Logo
Logo

विश्व कोरोना अपडेट : २२ लाख ५४ हजारभन्दा बढीले जिते कोराना, ३ लाख ४४ हजारको मृत्यु


जेनेभा/एएफपी

0
Shares

जेनेभा, ११ जेठ (एएफपी) । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५४ लाख नाघेको छ । २२ लाख ५४ हजार ४०६ जनाले कोरोना जितेका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९९ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार १८३ जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २६९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ६२ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ६७५ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ३६ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९८ हजार ६८३ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ७३५, फ्रान्समा २८ हजार ३३२, स्पेनमा २८ हजार ६७८, बेल्जियममा ९ हजार २३७, जर्मनीमा ८ हजार ३६६ र नेदरल्यान्ड्मा ५ हजार ८११ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २२ हजार १६५ जनाको मृत्यु भएको छ । यसैगरी, इरानमा ७ हजार ३५९, मेक्सिकोमा ७ हजार १७९, क्यानाडामा ६ हजार ३५५ र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।

युरोपमा आजसम्म १८ लाख ९५ हजार २७२ जना संक्रमित भएका छन् भने ८ लाख ६९ हजार ३९४ जना निको भएका छन् । युरोपमा १ लाख ६९ हजार ४५३ जनाले ज्यान गुमाए । यस्तै, उत्तर अमेरिका १८ लाख ५५ हजार ८११ जनामा संक्रमण भएकोमा ५ लाख ५४ हजार १८४ जना निको भएका छन् भने १ लाख १३ हजार ४७४ जनाले यहाँ ज्यान गुमाएका छन् ।
यस्तै, एसिया भरीमा ९ लाख ४१ हजा २३२ जना संक्रमित भएका छन् । जसमध्ये ५ लाख ४७ हजार २२ जनाले कोरोना जितेका छन् भने २७ हजार ११२ जनाको मृत्यु भएको छ । यो आज आइतबार मध्यान्हसम्मको रिपोर्ट हो ।
यस्तै, दक्षिण अमेरिका ६ लाख ७ हजार १७ जना संक्रमितमध्ये २ लाख ३० हजा ८६१ जना निको भएका छन् भने ३० हजा ७५२ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख९ हजा ७२० जना संक्रमितमध्ये ४४ हजार २२९ जना निको भएका छन् भने ३ हजार २७७ जनाको ज्यान गएको छ । यस्तै, अस्ट्रेलियामा ८ हजार ७२२ जना संक्रमितमध्ये ८ हजा ६५ जना निको भइसकेका छन् भने यहाँ १२३ जनाको मृत्यु भएको छ ।
पछिल्लो दिन दक्षिाण एसियाली मुलुकहरु पनि कोरोनाबाट प्रभावित भएका छन् । जसमा १ लाल ३१ हजार ९२० जना संक्रमित भएका छन् भने ५४ हजार ४४१ जना निको भइसकेका छन् । भारतमा हालसम्म ३ हजार ८६९ जनाको ज्यान गएको छ ।
यस्तै, पाकिस्तानमा ५४ हजार ६०१ जना संक्रमितमध्ये १७ हजार १९८ जना निको भएका छन् भने यहाँ १ हजार १३३ जनाको मृत्यु भएको छ । बंगलादेश ३२ हजार ७८ जना संक्रमित भएका छन् भने ६ हजार ४८६ जना निको र ४५२ जनाको मृत्यु भएको छ ।
यस्तै, अफगानिस्तानमा १० हजार ५८२ जना संक्रमितमध्ये १ हजार ७५ जना निको भएका छन् भने २१८ जनाको यहाँ ज्यान गएको छ । श्रीलंकामा १ हजार ८९ जना संक्रमित भएका छन् । जसमध्ये ६६० जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ । माल्दिभ्समा १ हजार ३१३ जना संक्रमितमध्ये १२८ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
यस्तै, केही दिनयता नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार मध्यान्हसम्म नेपालमा ५८४ जना संक्रमित भएका छन्, त्यसमा ७० जना निको भइसकेका छन् भने ३ जनाको मृत्यु भएको छ । दक्षिण एसियाली मुलुकमा भुटानमा अहिलेसम्म एक जनाको पनि मृत्यु भएकोे छैन । भुटानमा हालसम्म २४ जनामा संक्रमण भएको छ भने ६ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्