Logo
Logo

पोखरामा रवि समर्थक र सहकारी पीडित आमनेसामने


504
Shares

काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक र सहकारी पीडित आमनेसामने भएका छन् । रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा सो पार्टीका नेता कार्यकर्ताले आइतबार पनि प्रदर्शन गरेका छन् भने अर्कोतिर सहकारी पीडितहरुले समेत पोखरामै आन्दोलन गरिरहेका छन् ।

एक पक्षले रवि पक्राउको विरोधमा प्रदर्शन गर्ने र अर्कोतर्फ सहकारी पीडितले रविलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि तनावको अवस्था सिर्जना भएको छ । रास्वपाका समर्थक बिहानैदेखि सहिद चोकमा भेला भएर रविको समर्थनमा प्रदर्शन गरिरहेका छन् भने सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन हुने भएको छ ।

मुस्ताङ चोकमा भेला भएर पीडितहरुले राष्ट्र बैंक चोकसम्म प्रदर्शन गर्ने बताइएको छ । राष्ट्र बैंक चोक र सहिद चोकको दूरी करिब ५० मिटरमात्रै रहेको छ । दुबै पक्षले नजिक नजिकै प्रदर्शन गर्ने भएपछि झडपको स्थितिलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । रविका समर्थक र सहकारी पीडितबीच उत्पन्न हुनसक्ने स्थितीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा नै जारी गरेको छ ।

प्रदर्शन हुने स्थानबाट कास्की जिल्ला अदालतको दूरी करिब १०० मिनेटमात्रै रहेको छ । सहकारी ठगीमा संलग्नताको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याएको थियो । लामिछानेलाई आजै अदालतमा पेस गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्