Logo
Logo

निषेधाज्ञाबीच पोखराको स्थिति तनावग्रस्त


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरा तनावग्रस्त बनेको छ । महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेपनि प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि अवस्था तनावग्रस्त बनेको हो ।

अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता, समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ । उनीहरुले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शन भइरहेको ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

शुक्रबार काठमाडौँबाट पक्राउ परेलगत्तै पोखरा पु¥याइएका लामिछानेलाई म्याद थप गर्नका लागि प्रहरीले अहिले अदालतमा उपस्थित गराएको छ । लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, संगठित अपराध र सम्पति शुद्धिकरणसहित तीनवटा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्