Logo
Logo

सरकारले झुटा मुद्दामा फसाउन खोज्योः रवि लामिछाने


630
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछानेले आफूलाई सरकारले फसाउने खोजेको र अदालतले न्याय दिने बताएका छन् ।

सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा उनले आफूलाई न्यायालयप्रति विश्वास रहेको बताएका हुन् ।

उनले भने, ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुस्ख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ ।’

सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

सभापति लामिछानेले केपी ओली यो देशको प्रधानमन्त्री हुनु देशको दुर्भाग्य रहेको समेत बताए । देशमा भ्रष्टाचारको जगमा ओली उभिएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्