Logo
Logo

रवि लामिछानेविरुद्धको बहस सकियो, म्याद थपका निर्णय हुँदै


1.1k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई आज अदालत उपस्थित गराइएको हो। उनी शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।

लगत्तै पोखरा लगिएका लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा भएकाले आइतबार अदालतमा उपस्थित गराइएको हो । अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडित दुवै पक्ष जम्मा भएका छन् । रवि लामिछाने समर्थकले सहिद चोक र सहकारी पीडित पक्षधरले राष्ट्र बैंक चोकमा छुट्टाछुट्टै भेला डाके पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्