Logo
Logo

नेपाल प्रहरीका दुई डीआईजी एआईजी बढुवा सिफारिस


1.4k
Shares

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजुको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् । उनी यही कात्तिक १६ गते अनिवार्य अवकाशमा जाँदैछन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्