Logo
Logo

बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा एक महिला पक्राउ


1.1k
Shares

काठमाडौं । प्रहरीले काठमाडौंको मनोहराबाट एक महिलालाई पक्राउ गरेको छ । बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई पक्राउ गरेको हो ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान भइरहेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए ।

गोतामेले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर राखेकी बालिकालाई मासिक २० हजार रुपैयाँ दिने भनेकी थिइन् । तर बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई वेश्यावृत्तिमा लगाएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार गोतामेले बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको खुलेको छ । उनको घरबाट प्रहरीले कात्तिक २ गते चार जना बालिकाको उद्धार पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्