Logo
Logo

अरिंगालको टोकाइबाट एक जनाको मृत्यु


252
Shares

बाजुरा । बडीमालिका नगरपालिकामा अरिंगालको टोकाइबाट गम्भीर घाइते एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । असोज २५ गते अरिंगालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो ।

भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए । असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिंगालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । सोही घटनामा स्थानीय ६५ वर्षीय अंगे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्