Logo
Logo

मोरङ प्रहरी प्रमुखमा सरूवा भएका एसपी लिम्बूको काज रद्द


1.8k
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूलाई पठाउने निर्णय दुई दिनमै फेरिएको छ ।

यसअघि मोरङमा कार्यरत एसपी नवराज कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयले कार्तिक २ गते राजन लिम्बुलाई पठाउने निर्णय गरेको थियो । तर, ३ दिनमै सो निर्णय रद्द गरेर सुनसरीस्थित दङ्गा नियन्त्रण गणमा कार्यरत एसपी नारायण चिमरियालाई काज सरुवा गर्ने निर्णय भएको हो ।

लिम्बू पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत रहिसकेका प्रहरी अधिकृत हुन् । सत्तारुढ नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताहरुले गृहमन्त्री रमेश लेखकसँग असहमति जनाएपछि लिम्बूको सरुवा रद्द भएको हो ।

यद्यपी प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने लिम्बू व्यक्तिगत कारणले जान नसक्ने भएपछि चिमरियालाई सरुवा गरिएको बताए । यता २०८० फागुन २ देखि मोरङ प्रमुखको कमाण्ड सम्हालेका एसपी कार्कीमाथि आर्थिक अपचलन गरेको आरोपमा छानबिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्