Logo
Logo

एमालेमा त कुनै हालतमा जान्नँ : प्रेम आले


3.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं सांसद प्रेम आलेले आफूले पार्टी छाडिसकेको बताएका छन् । एकीकृत समाजवादी छाडिसकेको बताउँदै उनले अहिले आफू तटस्थ रहेको बताएका हुन् ।

उनले तत्काल एमाले पनि नजाने बताएका छन् । ‘मैले एकीकृत समाजवादी छाडिसकेको छु’ पूर्वमन्त्रीसमेत रहेका आलेले भने, ‘तर, अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ ।’ एमालेमा त कुनै हालतमा नजाने उनको भनाइ छ ।

‘छाडेर आएको पार्टीमा फेरि जाने कुरै हुँदैन’ उनले नेकपा एकीकृत समाजवादीका नेताहरूको बारेमा समेत केही थाहा नभएको बताए । प्रधानमन्त्री केपी ओलीले नेकपा एकीकृत समाजवादीलाइ लक्षित गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा रहेको छ । तर, एकीकृत समाजवादी फुटिहाल्ने अवस्था आफूलाई थाहा नभएको आलेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्