Logo
Logo

रवि पक्राउको विरोधमा आज पनि रास्वपाको प्रदर्शन


567
Shares

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पनि प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै पोखरामा तीन दिनदेखि गर्दै आएको प्रदर्शनलाई आज (सोमबार) पनि निरन्तरता दिएको हो ।

पोखराको पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाए । त्यस्तै उनको निर्वाचन क्षेत्र चितवन २ मा पनि ‘निलो क्रान्ति जिन्दावाद !’ लेखिएको प्लेकार्ड बोकेर समर्थक र कार्यकर्ता सडकमा उत्रिएका छन् ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ । रास्वपाले भने नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्