Logo
Logo

ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि देउवा र गगनबीच भेटवार्ता हुँदै


22.6k
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महामन्त्री गगन थापाले छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीले अध्यादेश ल्याउने तयारी गरेपछि सभापति देउवासँग महामन्त्री थापाले छलफल गर्न लागेका हुन् । अध्यादेश ल्याउनले विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार देउवालाई बालुवाटार बोलाएका थिए ।

स्रोतका अनुसार अध्यादेश ल्याउने विषयमा सभापति देउवा मौन छन् । अध्यादेश ल्याउने विषयमा कांग्रेसभित्र मतभेद रहेको छ । आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । सायद आजै अध्यादेश पेस हुन सक्ने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्