Logo
Logo

साफ महिला च्याम्पियशिपः भुटानले श्रीलङ्कालाई ४-० गोलले हरायो


189
Shares

काठमाडौं । साफ महिला च्याम्पियशिप फुटबलमा भुटानले श्रीलङ्कालाई हराएको छ । समूह ‘बी’ को आजको पहिलो खेलमा भुटानले श्रीलङ्कालाई ४–० गोलले हराएको हो ।

भुटानका लागि डेकी लाजोमले दुई, नामगेल डेमा र डोर्जी एडोनले समान एक गोल गरे । श्रीलङ्ककाकी थुशानी मधुशीखाले एक गोल फर्काइन् । आजको जीतसँगै चार अङ्कका साथ भुटान अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । श्रीलङ्का तीन अङ्कसहित दोश्रो स्थानमा छ ।

आजै आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । समूह ’बी’ को यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । साफ च्याम्पियनशिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो ।

यसअघि साफको छ संस्करणमा समूह चरणको सबै खेलमा नेपालले कम्तीमा १ गोल गरेको थियो । यस्तै माल्दिभ्स पहिलो खेलमा श्रीलङ्कासँग १–० गोलले पराजित भएको थियो । नेपाल एक अङ्कसहित तेश्रो स्थानमा छ भने माल्दिभ्स अङ्कविहीन हुँदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्