Logo
Logo

मीनबहादुर गुरुङबाट जग्गा दान लिएर सरकार भ्रष्टाचारीको संरक्षक बन्यो: प्रचण्ड


1.4k
Shares

 जुम्ला । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि हुँदै गएको बताएका छन् ।  

सोमबार प्रेस सेन्टर जुम्लाले सिन्जा कनका सुन्दरीमा गरेको पत्रकार भेटघाटमा प्रचण्डले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताए ।

अदालतमा मुद्दा चलिरहेको व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालयका लागि जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको उनले बताए । उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने जानकारी पनि दिए ।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा काम गर्दा संसद्का पहिलो र दोस्रो दलले अस्वभाविक र अप्राकृतिक रुपमा आफूलाई हटाएको बताए ।  

उनले आफूले सरकारको नेतृत्व गरेको बेलामा देशभित्र जनताको आशा जगाउँदै विश्व समुदायमाझ पनि नेपालको प्रतिष्ठा प्रवर्द्धनलाई अघि बढाएको बताए । 

प्रतिक्रिया दिनुहोस्