Logo
Logo

स्तन क्यान्सरविरुद्ध जनचेतना र्‍याली (फोटोफिचर)


315
Shares

काठमाडौं । स्तन क्यान्सर विरुद्ध जनचेतना फैलाउन राजधानीमा वृहत् र्‍यालीको आयोजना गरिएको छ ।

संसारभर अक्टुबर महिनालाई स्तन क्यान्सर विरुद्धको महिना घोषणा गर्दै विभिन्न कार्यक्रम भइरहेका बेला नेपालमा पनि यसलाई अभियानका रुपमा मनाइँदै आएको छ ।

रक्षा क्यान्सर केयर सोसाइटीको आयोजनामा विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागीतामा भृकुटी मण्डपदेखि बसन्तपुर दरबार स्क्वायरसम्म र्‍याली निकालिएको छ । र्‍यालीको उद्घाटन हरिवंश आचार्य र गायिका मीरा राणाले गरेका थिए । र्‍याली बसन्तपुर पुगी सास्कृतिक कार्यक्रम र कोणसभामा र्‍याली परिणत भएको थियो ।

कार्यक्रमका सहभागि चिकित्सकले नियमित परिक्षणले स्तन क्यान्सरबाट जोगिन सकिनेमा जोड दिए । र्‍यालीमा स्वास्थ्यकर्मी, विभिन्न कलेज तथा स्कूलका किशोरीहरुलगायत सहभागी थिए।

बदलिदो जीवनशैली, औषधि र यौनजीवनले महिलाको सबैभन्दा सुन्दर मानिने अंग स्तनलाई क्यान्सरले कुरुप बनाउने मात्र नभई उनीहरुको ज्यान समेत लिने क्रम बढेपछि नेपालमा पनि क्यान्सर उपचारमा संलग्न अस्पताल र विभिन्न फाउण्डेशनहरुले स्तन क्यान्सर विरुद्ध जनचेतना अभियान चलाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्