Logo
Logo

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो


1.4k
Shares

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ ।

कास्की प्रहरी हिरासतमा रहेका उनलाई आज बिहान जहाजमार्फत बुटवल लगिएको हो । छविलाललाई दिउँसो ३ बजेको पोखरादेखि भैरहवा जहाजबाट ल्याएर इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा रहेकोले बुझाइएकोजिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताए ।

उनले भने, ‘उहाँको मुद्दा इप्रका बुटवलले हेरेको छ, हामीले बुझेर बुटवलमा पठाएका छौं, भोलिदेखि अनुसन्धान सुरू हुन्छ, कति दिनमा सकिन्छ टुंगो छैन ।’

सुप्रिम सहकारीको अपलचन प्रकरणमा बयानका लागि जोशीलाई ल्याइएको बताउँदै उनले बयान सकिएपछि पुनः पोखरा पठाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्