Logo
Logo

मोल्दोभामा ईयूको सदस्यताबारे भएको जनमत सङ्ग्रहमा पक्षमा झिनो बहुमत


504
Shares

एजेन्सी। मोल्दोभा युरोपेली सङ्घमा सामेल हुने विषयमा भएको जनमत सङ्ग्रहलाई विदेशी हस्तक्षेपका कारण झिनो बहुमतले पारित गरेको ब्रसेल्स समर्थक राष्ट्रपति माया सान्दुले सोमबार बताएका छन् ।

उनले रूसलाई परोक्ष रूपमा सङ्केत गर्दै विदेशी हस्तक्षेपका कारण परिणाम अपेक्षा गरे अनुसार नआएको बताएका छन् । मोल्दोभाको पश्चिममा रोमानिया रहेको छ भने दक्षिण, उत्तर र पूर्वमा युक्रेन रहेको छ ।

युद्धग्रस्त युक्रेनसँग सीमा जोडिएको पूर्व सोभियत गणतन्त्र मोल्दोभामा चुनावी अभियानमा हस्तक्षेप र मतगणना ‘विसङ्गत’ भएको आरोप लागेपछि सान्दुलाई चुनावी हस्तक्षेप ‘प्रमाणित’ गर्न क्रेमलिनले चेतावनी दिएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि सान्दुले २६ लाख जनसङ्ख्या भएको आफ्नो देशलाई युरोपेली सङ्घमा सामेल हुनका लागि आवेदन दिएका थिए ।

कुल ९९ प्रतिशतभन्दा बढी मत गणना हुँदासम्म इयूमा सामेल ‘हुनुपर्छ’ भन्ने पक्षमा मत ५०.२८ प्रतिशत अर्थात् इयू विरोधी खेमाभन्दा आठ हजार मत बढी हो ।

मोल्दोभाका राष्ट्रपति सान्दुले ‘देशको स्वतन्त्रता र लोकतन्त्रमाथि अभूतपूर्व आक्रमण भएको’ भन्दै ‘आपराधिक समूह, आफ्नो राष्ट्रिय हितविरोधी विदेशी शक्तिसँग मिलेर काम गरिरहेको’ आरोप लगाएका छन् ।

जनमत सङ्ग्रहसँगै आइतबार भएको भएको पहिलो चरणको राष्ट्रपतीय चुनावमा सान्दु शीर्ष स्थानमा रहन सफल भए पनि दोस्रो चरणमा रूस समर्थक समाजवादी समूहले समर्थन गरेका पूर्व अभियोजक अलेक्जेन्डर स्टोयानोग्लोसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

राष्ट्रपति चुनावमा सान्दुले ४२ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको छ भने स्टोआनोग्लोले अपेक्षा गरेभन्दा निकै नै बढी मत प्राप्त गरेका छन् ।

दोस्रो चरणको मतदान नोभेम्बर ३ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्