Logo
Logo

साढे २० लाख भारुसहित कपिलवस्तुबाट २ भारतीय नागरिक पक्राउ


252
Shares

काठमाडौं । कपिलवस्तुमा स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

सोमबार बेलुकी कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका गाडीहरु जाँच गर्दा दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

यूपी ४५ ए.एस. ६६६३ नम्बरको भाडाको गाडीबाट ८ लाख र यूपी ४२ डी.टी. ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार बरामद भएको सूचना अधिकारी मोहनमणि अधिकारीले जानकारी दिए ।

उक्त रकमसहित महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागलेलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए । पउनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्