Logo
Logo

उर्मिलाले पाइन् ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्ड’


315
Shares

काठमाडौं । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीले ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्ड पाएकी छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले चौधरीसहित ६ देशका सामाजिक अभियन्तालाई सोमबार वासिङ्टन डिसीमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरेका हुन् ।

६ वर्षको उमेरमा कमलरीका रूपमा मालिकको घरमा पुगेकी चौधरीलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गरेकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गरिरहेकी छन् ।

चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायले भोगिरहेका विभेद र शोषणविरुद्ध काम गरिरहेकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको हो ।

अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्न थालेको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुन् । गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्