Logo
Logo
मितेरी सहकारी बचत अपचलन

ज्योति गुरूङसहित दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार


1.3k
Shares

काठमाडौं । मितेरी सहकारी बचत तथा ऋण सहकारीको रकम अपचलनमा ज्योति गुरूङसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो ।

सीआईबीका एसपी होमिन्द्र बोगटीले उनीहरुविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलको सचिवालयमा पत्राचार गरिएको जानकारी दिए । सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले जाहेरी दिएपछि उक्त सहकारीको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ सो सहकारीको प्रबन्ध निर्देशक हुन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशङ्का गरिएको छ ।

उनले ज्योति गुरुङबाट पनि रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरू बताउँछन् । सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन् विच्छेद गरेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्