Logo
Logo

प्रमुख सचेतक र समिति सभापतिहरूसँग सभामुखको छलफल


504
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । उनले संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभापति र प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । केहि बेरअघि सुरु भएको छलफल सभामुखको कार्याकक्ष सिंहदरबारमा जारी छ ।

अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पु¥याउनसमेत कठिन भएको सभापतिहरूले गुनासो राखेपछि सभामुखले छलफल थालेका हुन् । छलफलमा उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन् ।

राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, अर्थ समितिमा विभिन्न विधेयक विचाराधीन छन् ।

प्रतिक्रिया दिनुहोस्