Logo
Logo

रविको दोस्रो दिनको बयान सकियो


3.3k
Shares

काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सम्पन्न भएको छ ।

मंगलबार बयानका लागि सभापति लामिछानेलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो । उनी कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका थिए ।

लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए । उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्