Logo
Logo

अन्तर व्यवस्थापिका सङ्घको महासभामा नेपालको सहभागिता फलदायी : राष्ट्रियसभा अध्यक्ष


504
Shares

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका सङ्घको १४९ औँ  महासभामा नेपालको सहभागिता उपलब्धीमूलक रहेको बताएका छन् । 

मङ्गलबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नेपालको सङ्घीय संसद्को नेतृत्व गर्दै स्विट्जरल्याण्डको जेनेभामा भएको महासभाको भ्रमण फलदायी रहेको जानकारी दिए ।

शान्तिपूर्ण र दिगो भविष्यका लागि विज्ञान र प्रविधि र नवप्रवर्द्धनमा समतामूलक पहुँचलाई आम हितमा जानुपर्छ भन्ने विषयलाई गम्भीरताका साथ महासभामा उठाएको उनले बताए । 

जलवायु परिवर्तनका कारण नेपालजस्तो अति कम विकसित राष्ट्रहरूले भोगिरहेको समस्या  र क्षतिको न्यूनीकरणका गर्ने बारेमा विश्व समुदायको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । महासभाको बैठकमा  विभिन्न राष्ट्रका प्रतिनिधिहरूसँग भएको साइडलाइन भेटवार्ता पनि उपलब्धि भएको उनले जिकिर गरे ।

यस्तै, उनले नेपालको संविधान, निर्वाचन प्रणाली संसदमा, प्रतिनिधित्व संसदीय समितिहरू तथा अन्य प्रतिनिधि मण्डलमा महिला युवा लगायतका विषयगत समितिमा सम्बोधन गर्ने विषयमा जोड दिएको बताए ।

आइपीयुको सचिवालयमा प्रतिनिधि मण्डलको सहभागिता मात्र नभई नेपाललाई पनि  काम गर्ने अवसर दिन आग्रह गरिएकोमा महासभाका अध्यक्षले सकारात्मक देखाएको उनले जिकिर गरे । गत असोज १७  देखि कात्तिक १ गतेसम्म जेनेभामा भएको महासभामा ९ सदस्यीय  टोलीको नेतृत्व गर्दै अध्यक्ष दाहालले  सहभागिता जनाएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्