Logo
Logo

टोखामा किनारा पसलेलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ जेठ ।
सोमबार थपिएका ७२ कोरोना संक्रमितमध्ये तीन जना उपत्यकाका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये दुई जना टोखा र एक जना बुढानिलकण्ठ नगरपालिकाका छन् । ती क्षेत्रमा सतर्कता बडाइएको छ ।


टोखाका दुई संक्रमितमध्ये एक किराना पसले हुन् । टोखा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष महेश्वर केसीका अनुसार ४१ वर्षिय पुरुष किराना पसले हुन् । ग्राहकबाट उनमा सरेको र उनीबाट अरुमा पनि सरेको आशंकामा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । नगरपालिकाले पसलेहरुको परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो ।

यो घटनाले उपत्यकाका पसलहरुबाट संक्रमण फैलदै गएको प्रष्ट भएको छ । लकडाउनमा कडाई भएपनि खाद्य तथा तरकारी पसलहरुमा भिडभाड हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्