Logo
Logo

प्रधानमन्त्रीले आज सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्ने


189
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्ने भएका छन् ।

नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले आज दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट एक सय दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।

राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्