Logo
Logo

आज राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै विपक्षी दल


819
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउने भएका छन् । सरकारका कामकारबाहीबाट असन्तुष्ट विपक्षी दलहरुले आज अपराह्न चार बजे शीतल निवास पुगेर राष्ट्रपतिलाई ध्यानाकर्षण गराउने भएका हुन् ।

यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए । ओली नेतृत्वको सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको विपक्षी दलहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्